गुल्मी, जिल्लाको सत्यवतीमा खोलाले बगाएको जिप भेटिएको छ । गत सोमबार अविरल वर्षासँगै आएको बाढीले बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएको थियो । सत्यवती गाउँपालिका ६ मा डहरे खोला तर्ने क्रममा बगाएको जिप बिहीबार भेटिएको छ ।
खोलाले बगाएर बेपत्त भएको जिप खोज्ने क्रममा बगेको स्थानबाट ८ सय मिटर तल छेद्छिच्छेद अवस्थमा फेला परेको स्थानीय ज्ञानहरी सापकोटाले बताए । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए । जिप खोला नजिक दलदलमा फसेको र यात्रु र चालक झरिसकेपछि माथिबाट आएको लेदो सहिको पानीले उक्त जिप बगाएको थियो । जिपसँगै यात्रुका सबै सामनहरु गाडीसँगै बगेका थिए । यस अघिको बर्खाको समयमा पनि यहाँ माल बाहक ट्रक बगाएको थियो । जिल्लाको क्षेत्र नम्बर १ को रिडी वामी सडक अन्र्तगत पर्ने डहरे खोला व्यस्त सडक हो । सडक खुलेको वषौं भएपनि अझैपनि कालो पत्रे र ठाउँ–ठाउँका खोलाहरुमा पक्की पुल बन्न सकेको छैन् । जसले गर्दा वर्षातको समयमा जोखि मोलेरै सयौं सवारीका साधनहरु आवतजावत गर्ने गर्दछन् । यो सडक भएर गुल्मी जिल्लासँगै छिमेकी जिल्ला बाग्लुङ बुर्तिबाङसम्म सवारी साधन सञ्चालन हुने गर्दछन् । –अनिल खत्री