कृष्ण पोखरेल
पाल्पा, जिल्ला अदालतले कार्यालयबाट भए गरेका गतिविधिहरु सार्वजनिक गरेको छ । अदालतले २०७६ श्रावण देखी फागुन २० गतेसम्म भए गरेका गतिविधी एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । जिल्ला अदालतले कार्यालयमा दर्ता भएका ४ सय २९ मुद्दा मध्ये २ सय ४२ वटा मुद्दा फैसला गरेको छ । अदालतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरेको १ सय ७६ वटा मुद्दा र यस वर्ष फागुन २० गतेसम्म २ सय ३४ गरी ४ सय २९ वटा मुद्दा दर्ता भएका थिए । जसमा अहिलेसम्म २ सय ४२ वटा मुद्दा फैसला भएको अदालतले जनाएको छ । फैसला हुन १ सय ८७ वटा मुद्दा मात्र बाकी रहेका छन् । जसमा देवानी १ सय २७ वटा, फौजदारी १७ वटा, सरकारवादी फौजदारी ४३ वटा मुद्दा फछर््यौट हुन बाँकी रहेको जिल्ला अदालतले जनाएको छ ।
जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेको र यस आर्थिक वर्षमा गरी ३ सय ३ वटा दुनियावादी देवानी मुद्दा, २९ वटा दुनियवादी फौजदारी मुद्दा, ९४ वटा सरकारवादी फौजदारी मुद्दा, ३ वटा पुनरावेदन मुद्दा गरी ४ सय २९ वटा मुद्दा दर्ता भएका थिए । अदालतमा दर्ता भएका अधिकांश मुद्दाहरु सम्बन्ध विच्छेद, पारिवारिक झै–झगडा, अंश वण्डा, साध सिमाना, जवरजस्ती करणी, लागु पदार्थ ओसार–पसारका मुद्दाहरु रहेको जिल्ला न्यायाधीस खड्ग बहादुर केसीले बताए । अदालतले जनताहरुसँग न्याय तथा मेलमिलापको अवस्थाका विषयमा जानकारी गराउन विभिन्न समयमा जनतासँग अदालत कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । एक महिनामा एक पटक जनतासँग न्यायाधीसको भेटघाट कार्यक्रम गर्दै आएको श्रेष्तेदार कृष्ण मुरारी सिग्देलले बताए ।
अदालतबाट भए गरेका कार्य तथा गतिविधीहरु समेत वेभसाईटमा प्रकाशित गर्दै आएको श्रेष्तेदार सिग्देलले जानकारी दिए । अदालती काम कारवाही चुस्त दुरुस्त बनाउन कर्मचारीहरु निरन्तर खटिएको र मुद्दा फैसला भएको एक हप्ता भित्र लिखित फैसला सम्बन्धित पक्षले पाउने गरी काम भईरहेको तहसिलदार भेषराज खनालले बताए । जिल्लाका स्थानीय तहका उप प्रमुख तथा न्यायिक सदस्यहरुलाई समेत समय–समय न्यायिक सिद्धान्तमा आधारित रहेर छलफल अन्तक्र्रिया गर्दै आएको जिल्ला अदालतले जनाएको छ ।