
प्रकाश नेपाल
पाल्पा, जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीमा रहेको सौभाग्य माविले ६८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले विविध सांस्कृतिक, शैक्षिक कार्यक्रमहरुको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले एक कार्यक्रमका बीच समापन गरेका छन् । कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि समेत रहेका थापाले शिक्षाको गुणात्मक विकासका लागि अभिभावको भूमिका महत्वपूर्ण भएकाले त्यस तर्फ ध्यान दिन अभिभावकलाई आग्रह गरेका छन् । उनले शिक्षाको समग्र विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकको समान दायित्व भएपनि शिक्षक विद्यार्थीको पठन पाठन प्रति निगरानी बढाउने कार्यमा अभिभावक क्रियाशिल हुनुपर्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथी गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत राजु नेपालले राज्यको सबैभन्दा ठूलो लगानी शिक्षामा भएपनि लगानी अनुरुप प्रतिफल प्राप्त नभएकाले त्यस तर्फ ध्यान दिन विद्यालयलाई आग्रह गरे । विद्यालयका अक्षयकोष दाता एंव शिक्षाविद् नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्तले प्राविधिक शिक्षा विद्यालयमा लागू भई सकेकाले त्यसलाई भरपूर उपयोग गर्न शिक्षक विद्यार्थी र अभिभावकलाई आग्रह गरे ।
सोहि अवसरमा महिला नेतृ तथा नेपाल महिला संघकी केन्द्रिय सदस्य रामा पन्तले विकासको मुख्य मेरुडण्ड नै शिक्षा भएकाले त्यसमा महिला शिक्षित भए त्यसको परिणाम सकरात्मक आउने भएकाले प्राविधिक शिक्षामा समेत किशोरीहरुको सहभागिता हुनुपर्नेमा जोड दिइन । कार्यक्रममा विद्यालयका पूर्व प्र.अ गोविन्द न्यौपाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामेश्वर पन्थी, पूर्व प्र.अ कौशल तिमिल्सिना, अक्षयकोष दाताहरु रामकृष्ण पन्त, आत्माराम पन्त, धर्मचन्द्र नेपाल, शिक्षक अभिभावक संघका अध्यक्ष अम्विका काफ्ल,े गाउँपालिका स्तरीय शिक्षक महासंघका अध्यक्ष गिरीराज वेल्वासे, पत्रकार प्रकाश नेपाल लगायतले विद्यालयको सफलताको काममा गरेका थिए । कार्यक्रममा विद्यालयका प्र.अ कृष्ण प्रसाद खनालले १ करोड ७३ लाख ९ हजार रुपैया बराबरको आय व्याय प्रस्तुत गरेका थिए ।