Shittalpati
वल्र्डलिंकले ल्यायो ३ सय एमबिपिएस क्षमताको इन्टरनेट

पाल्पा, इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले ३ सय एमबिपिएस क्षमताको इन्टरनेट ल्याएको छ । कम्पनीले फोटोन स्किबमअन्तर्गत यो इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३ सय एमबीपीएस सम्मको गतिमा इन्टरनेट उपलब्ध हुने छ । योसँगै अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध हुने कम्पनीले बताएको छ ।

फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणालीबाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्न सक्ने छन् । यस्तो वाइफाइ प्राप्त गर्न नोकियाको बेकन १/१ राउटरहरु प्रयोग गरिनेछ । यसले हाल घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको समस्याको समाधान मेस वाइफाइले गराउने छ । इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वल्र्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्ने छ ।

मेष वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो हुन्छ । मेष वाईफाईमा सबै राउटरहरु एक अर्कासँग जोडिएका हुन्छन । त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन । ग्राहकहरुले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाइ सार्न सक्नेछन ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update