पाल्पा, नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार लक्षित योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको हो ।
यो योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, एक १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेञ्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउन सक्नेछन् । यसका साथै क्लियरेन्स मोडेलमा पनि विशेष छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटा शोरूमहरुमा लागू हुने पनि सीजीले जनाएको छ ।
सुजुकीका विभिन्न मोडेलका कारहरु अनुसार फरक फरक छुटहरु रहको छ । सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री बितरण गर्दै आएको छ ।