यामाहाले ल्यायो ‘रेस फर द एस’ फेस्टिभ अफर
पाल्पा, यामाहा मोटर साइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार लक्षित योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ‘रेस फर द एस’अफर ल्याएको हो ।
भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कुटरको खरीदमा लागू भएको यो योजनामा सहभागीले ८ हजार देखि १ लाखसम्मको उपहार जित्न सक्ने छन् । यामाहा खरीद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजार देखि १ लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्ने छन् । त्यसैगरी, लक्की ड्रमा हरेक हप्ता १ जनाले ४ तोला सुनको एक्कातास जित्न सक्ने यामाहाले जनाएको छ । बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्कातास जितेर ‘रेस फर द एस’को सर्वाधिक भाग्यशाली विजेता बन्न सक्ने यामाहाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्