गुल्मी, जिल्लाको सत्यवती ४ लिम्घामा कुमारी बैंकले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले एक कार्यक्रमका बीच २२ औं शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । ग्रामीण क्षेत्रमा रहेका जनताहरुको सेवालाई मध्यनजर गर्दै शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको बैंकले जनाएको छ । शाखाको सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल, बैंकका सञ्चालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीले संयुक्तरुपमा सेवाको उद्घाटन गरेका हुन् ।
शाखाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष ढकालले बैंकले न्यून आयस्तर भएका जनताहरुको पहुँजसम्म सेवा पुर्याउनु पर्ने बताए । उनले ग्रामीण क्षेत्रमा बैंकले सेवा विस्तार गरेकोमा बैंकलाई धन्यावाद दिए । कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य ज्ञवालीले बैंकले दुरदराजमा रहेका जनताहरुको सेवालाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाए । शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै ग्रामीण भेगका जनताले बैंकिङ्ग सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
कार्यक्रममा बैंकका डेपुटी सिइओ उमेशसिंह भण्डारी, भीमलाल पौडेल, चेम्बर अफ कमर्स–प्रदेश ५ का इन्चार्ज लगायत अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दाहरुको व्यापक सहभागी रहेको थियो । बैंकले १ सय २३ शाखा सञ्जाल, १ सय १९ एटिएम, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकि ईकाइहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।