गुल्मी, आर्थिक अभावमा उपचार गर्न समस्या परेपछि गुल्मीका एक मृगौला पिडितले सहयोगको अपिल गरेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका –५ अमर अर्बाथोक निवासी ६४ वर्षीय मृगौला पिडित नेत्रबहादुर मिदुनले आर्थिक अभावमा उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरु समक्ष सहयोगको अपिल गरेका हुन् ।
उपचारका लागि अस्पताल भर्ना भएका मिदुनले आफ्नो ज्यान जोगाईदिन सबैसँग सहयोगको अपिल गर्दै आएका छन् । दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका मिदुन बिगत ७ दिनदेखी गौतमबुद्द अस्पताल बुटवलमा आइसियु कक्षमा उपचारत छन् । धन कमाउन भारत आउ–जाउ गर्ने उनी दुबै मृगौला खराव भएपछि गत वर्षदेखि घर फर्किएको उनकी श्रीमती सावित्रा मिदुनले बताइन् । मृगौला पीडित मिदुनको आर्थिक अवस्था साह्रै दयनिय भएको र उपचारमा धेरै रकम लाग्ने भएकाले थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका हुन । मिदुन सँगै उनकी पत्नी, २ जना नाबालक छोरा र १ नावालक छोरी रहेका छन् । परिवारको बिहान साँझ छाक टार्न समेत धौधौ भएका मिदुनलाई रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् ।
उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ । पिडित मिदुन परिवारको रोजीरोटिका लागि रोजगारीको शिलसिलामा छिमेकी मुलुक भारत आउने जाने गर्दै आएका थिए । हालसम्म कसैबाट सहयोग प्राप्त नभएको पीडित मिदुनकी श्रीमती साबित्रा बताउँछिन् ।
–रामकृष्ण कडेलको सहयोगमा