Shittalpati
ग्लोबल बैंकले ल्यायो तीज विशेष योजना

पाल्पा, ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष योजना ल्याएको छ । बैंकले मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि क्यासब्याक योजना ल्याएको हो ।


यस क्यासब्याक योजना अन्तर्गत भदौ २१ र कुशे औंशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टु फादर’ लेखेर क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत वा तीन सय रुपैयाँसम्म क्यास ब्याक पाइने बैंकले जनाएको छ । भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट (क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत वा ५ सय रुपैयाँसम्म फिर्ता पाइने जनाइएको छ । क्यासब्याक योजनालाई तिज विशेष बनाउन बैंकले महिलाहरूलाई ग्राÞयता दिने उल्लेख गरेको छ ।


बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पीओएस वा इकममार्फत तीन हजार वा सो भन्दा बढीको भुक्तानीमा तीन सय रुपैयाँ क्यासब्याक फिर्ता पाउने बैंकले जनाएको छ । महिला ग्राहकलाई लक्षित यो योजना भदौ १६ देखि ३१ गतेसम्म सञ्चालन हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले देशका ७६ जिल्लामा २ सय ८० शाखा, २ सय ४८ एटिएम, २ सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ । बैंकले २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update