पाल्पा, कुमारी बैंकले ग्राहकवर्गहरुलाई लक्षित गरी कुमार स्मार्ट वान मन्थ लगइन च्यलेन्ज नामक आकर्षक अभियान शुरु गरेको छ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले बैंकले ग्राहकलाई लक्षित गरी उक्त अभियान शुरु गरेको हो ।
उक्त अभियानमा लक्की ड्र मार्फत प्रत्येक हप्ता १० जना र महिना भर ४० जना भाग्यशाली सहभागीहरुले एक हजारका दरले पुररस्कार प्राप्त गर्न सकिने बैंकले जनाएको छ । अभियानको अन्त्यमा एक भाग्य शालीकुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार दश हजार रुपैयाँ नगद प्राप्त गर्न सक्नेछन् । यस अभियानमा सहभागी हुन ग्राहकले सो अभियान सुरू भएको एक महिनासम्म विभिन्न शर्तहरु पाला गर्नुपर्ने बैंकले जनाएको छ । जसअनुसार बैंकको एपमार्फत आफ्नो खाताको विवरण हेर्ने र क्यूआर कोर्डमार्फत विभिन्न सेवाबापतको बिल भुक्तानी गर्नुपर्ने छ । बैंकले डिजिटल प्रणालीमार्फत सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ सुविधाहरु थप गर्दै लैजाने प्रतिवद्धता पनि जनाएको छ ।
यो अभियान भदौ १ देखि शुरू भए बैंकले जनाएको छ । कुमारी स्मार्ट एपमार्फत आफ्नो खाताको विवरण बैंक स्टेटमेन्ट हेर्ने अथवा टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्ने छ । बैंकले आफ्ना देशव्यापी १ सय ९४ शाखा सञ्जाल, १ सय ६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।