Shittalpati
मेगा बैंकको एकै दिन पाँच नयाँ शाखा खुले

पाल्पा,  मेगा बैंक नेपाल लिमिटेडका एकै दिन ५ वटा नयाँ शाखा खुलेका छन् । बैंकले देशका विभिन्न स्थानमा एकै दिन नयाँ पाँच वटा शाखाको विस्तार गरेको हो । बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई सहजै बैंकका पहुँचमा ल्याउने गरी बैंकले मोरङको सुन्दरहरैचा नगरपालिका –१० विराटचोक, उदयपुरको त्रियुगा नगरपालिका– ११ गाइघाट, रौतहटको चन्द्रपुर नगरपालिका –४ चद्रपुर, चितवनको रत्ननगर नगरपालिका – ६ सौराहा र कास्कीको पोखरा महानगरपालिका– ६ गौरीघाटमा शाखा विस्तार गरेको छ ।

यी शाखाहरूबाट बैकिंङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकले जनाएको छ । मेगा बैंकले साउन महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने बैंकको तयारी छ । बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई ‘हलोदेखि हाइड्रोसम्म’ को सेवा पुर्‍याउने उद्देश्यले बैंकले शाखा विस्तारलाई तीव्रता दिएको हो ।

मेगा बैंकले पछिल्लो समय नेपाल सरकारको नागरिक एपबीच पनि सहकार्य गरेको छ । नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग बैंकले सहकार्य गरेको हो । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिन्छ । साथै, नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न गर्न सक्ने छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update