Shittalpati
लायन्स क्लव पाल्पा भैरवले दियो आश्रमका असहाय र जेष्ठ नागरिकलाई खाद्यान्न

भरत शर्मा

पाल्पा, जिल्लामा क्रियाशिल रहेको लायन्स क्लव पाल्पा भैरवले तानसेनको निल सागर सेवा आश्रममा रहेका असहाय र जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेको छ । कोभिडबाट प्रभावित रहेका असायह र जेष्ठ नागरिकहरुका लागि क्लवले खाद्यान्न सहयोग गरेको हो ।

करिव २० हजार बरावरको खाद्यन्न सामग्री क्लवका अध्यक्ष हरिकृष्ण शर्माले आश्रमका सयोजक देव प्रसाद बज्राचार्यलाई हस्तान्तरण गरेका हुन् । ‘हामी सेवा गर्छौ’ भन्ने मुल मन्त्रबाट स्थापित क्लवले असाहय तथा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरिएको क्लवका अध्यक्ष शर्माले बताए । उनले भने ‘हामी सेवाको भावबाट प्रेरित भएर क्लव स्थापनाको छोटो समयमै सामाजिक सेवाका कार्यक्रम आयोजना गर्दै आएका छौं ।’

कार्यक्रममा क्लवका डिष्ट्रिक कार्यकारी प्रमुख सुशिल प्रधानले पाल्पाका लायन्स क्लवले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउदै आएको बताए । निल सागर आश्रमका संयोजक बज्राचार्यले आश्रममा रहेका नागरिकहरुका लागि क्लवले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै धन्यवाद दिए । उनले आश्रममा हाल २३ जना असहाय र जेष्ठ नागरिक भएको बताउँदै भौतिक संरचना पूर्ण नहुँदा समस्या भएको बताए । उनले भने ‘प्रचार–प्रसार नहुँदा पनि सहयोग नभएकाले आश्रम सञ्चालन गर्न कठिनाई भएको छ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, क्लवका उपाध्यक्षहरु सचिन विष्ट, महेश खनाल, सचिव अर्जुन कार्की लगायतले वर्तमान अवस्थामा सबैले सहयोग गर्नुपर्ने बताए । क्लवका अध्यक्ष हरिकृष्ण शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । सोही अवसरमा आश्रम परिसरमा फलफूल, रुद्राक्ष, दालचिनी लगाएतका विभिन्न विरुवाहरु रोपिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update