
पाल्पा, प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले शिक्षक संघ बोलियो नभए लोकतान्त्रिक गणतन्त्र संस्थागत रुपमा कमजोर हुने बताएका छन् । उनले बौद्धिक र प्राज्ञिक समुदाय शिक्षक भएकाले आफ्नो मर्म र धर्मलाई सहि ढ·ले पालना गरे मात्र शैक्षिक आन्दोलनले सार्थकता प्राप्त गर्ने बताए । नेपाल शिक्षक संघको २१ औं जिल्ला प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रमलाई शनिबार तानसेनमा सम्बोधन गर्दै सांसद रानाले शिक्षक भनेको बोद्धिक र प्राज्ञिक वर्ग भएकाले पार्टीलाई कहिले काही खवरदारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विशिष्ट अतिथि एवं संघका प्रदेश अध्यक्ष अर्जुनकुमार योगीले लोकतन्त्रको संस्थागत विकास नभएसम्म पेशागत हकहित समेत नरहने बताउँदै शिक्षक शैक्षिक गुणस्तरको पाटोलाई माथि उठाउदै पेशाप्रति बफादार भएमात्र समाजमा विश्वासको वातावरण सिर्जना हुने धारणा व्यक्त गरे । उनले भने ‘पेशागत उपलब्धि भनेको पेशाप्रति इमान्दार, संगठन बलियो बनाए मात्र बहुमतको सरकारले केही गर्न सक्दैन, त्यसैले यसलाई अवसरका रुपमा प्रयोग गर्नुपर्छ ।’ शैक्षिक विकास र शिक्षकहरुको विकासका लागि शिक्षक संघको नेतृत्वले मात्रा पूरा गरेको अध्यक्ष योगीले स्पष्ट पारे ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं १ का क्षेत्रीय सभापति तथा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि संघ अगाडि बढ्नुपर्ने बताए । नेपाल महिला संघकी केन्द्रिय सदस्य रमा पन्तले शिक्षकहरु संस्थागत र संगठित भएर अगाडि नबढ्दा सम्म शिक्षकहरुको समस्या समधान नहुने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा काँग्रेसका नेता माधव नेपाल, संघका प्रदेश सदस्यहरु नन्द ज्ञवाली, भेषराज पोखरेल, शिक्षक महासंघका जिल्ला अध्यक्ष देवी भट्टराई, महासंघका संघीय प्रतिनिधि महेन्द्र थापा, ट्रेड युनियनका जिल्ला सभापति लक्ष्मण रायमाझी, संघका संघीय प्रतिनिधिहरु सुन्दर देवकोटा, बालकृष्ण लम्साल, संघका पूर्व सभापतिहरु गेविन्द न्यौपाने, लक्ष्मण बस्याल, संघका पूर्वकेन्द्रिय प्रतिनिधि मिना पन्थी लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा सेवानिवृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष धनकला गाहाको अध्यक्षता, उपाध्यक्ष सारदा पाण्डेको स्वागत, सचिव अशोक घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।