Shittalpati
कालीगण्डकीका बाख्रापालक कृषकलाई अनुदान

पुरन राजकोटी मगर
गुल्मी(पुर्तिघाट),जिल्लाको कालीगण्डकी गाउँपालिकाका भित्र रहेका बाख्रापालक कृषकहरुलाई अनुदान दिइएको छ । रोड करिडोर बाख्रा पालन समूहमा आवद्ध बाख्रापालक कृषकहरुलाई अनुदान दिइएको हो ।

प्रदेश समपुरक बजेट अन्तर्गत प्रदेश सरकार,स्थानीय सरकार, कृषक र भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र पाल्पाको ५०/५० प्रतिशत लागत साझेदारीमा सय जना कृषकलाई बाख्रा खोर निर्माण गरेबापत अनुदान दिइएको रोड करिडोर बाख्रापालन समूहका अध्यक्ष गंगा प्रसाद काउछले बताए । उनका अनुसार यस कार्यक्रमबाट कालिगण्डकी गाउँपालिका–२ अर्वेनी, ३ जयखानी र ४ पुर्तिघाटका १०० जना बाख्रापालक कृषकहरुलाई अनुदान दिइएको हो ।

समूहका प्रत्येक बाख्रापालक कृषकलाई घाँस,उन्नत जातको बोका र जनही ४२ हजार रुपैयाँ रकम दिइएको छ । अनुदान पाएपछि कृषकहरु उत्साहित भएका छन् । उनीहरुले अब आफुहरु व्यवसायिक रुपमा बाख्रापालनमा लाग्ने समेत बताएका छन् । अनुदान वितरण कार्यक्रम कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद बहादुर थापा, पशुप्राविधिक पाल्पाका युबराज ज्ञावाली, कालीगण्डकी गाउँपालिका पसु सेवा शाखा प्रमुख राजेन्द्र न्यौपाने, पत्रकार जगदीश भट्टराई लगायतको उपस्थितिमा अनुदान रकम वितरण गरिएको थियो ।

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update