Shittalpati
पाल्पामा अडानले मनायो १६ औं स्थापना दिवस

पाल्पा, लेखापरीक्षकको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पाले १६ औं स्थापना दिवस मनाएको छ । अडानले बुधबार अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । अन्तक्र्रिया कार्यक्रममा अडानका जिल्ला अध्यक्ष सोमप्रसाद पौडेलले लेखापरीक्षकहरुको हकहितका विषयमा अडान तदारुकताका साथ लागेको बताए । उनले लेखापाल र लेखापरीक्षण पेशा एउटै जस्तो देखिएकोमा चिन्ता व्यक्त गरे । लेखापालन र लेखापरीक्षण बिल्कुल फरक कार्य रहेको भन्दै उनले लेखा राख्ने कार्य पनि लेखापरीक्षकलाई लाउने र जिम्मा लिने दुवै कार्य गलत भएको बताए । उनले यसबाट लेखापरीक्षणको निष्पक्षता कायम हुन नसक्ने भन्दै आफनो परिभाषित जिम्मेवारीप्रति सचेत भएर काम गर्न लेखापरीक्षकहरुलाई आग्रह गरे । कार्यक्रममा अडानका जिल्ला सदस्य राधेश्याम ज्ञवालीले लेखापरीक्षकहरुबीच विभेद र अधिकारकटौती गर्ने कार्य निरन्तर चलिरहेको बताए । उनले लेखापरीक्षकको अधिकार कटौती गरेर मुलुकमा सुशासन, अनुशासन र समृद्धि कायम हुन नसक्ने धारणा व्यक्त गरे । अडानले आर्थिक वर्ष २०७८/०७९ मा सदस्यता नविकरण गर्ने नयाँ सदस्ता थप्दै जाने, लेखापरीक्षण व्यवसायिलाई थप मर्यादित र प्रभावकारी बनाउदै जाने बताएको छ ।

सोही अवसरमा अडानका जिल्ला अध्यक्ष सोमप्रसाद पौडेलले अडान लुम्बिनी प्रदेश समितिसँग पनि भर्चुअल प्रविधिमार्फत अन्तक्र्रिया गरेका छन् । अन्तक्र्रिया कार्यक्रममा प्रदेश अध्यक्ष गोविन्द्र प्रसाद रेग्मीले वर्तमान आर्थिक अवस्था, बजेट, लेखापरीक्षणका कठिनाईहरुका विषयमा आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update