Shittalpati
ग्लोबल बैंक र तानसेन नगर सरकार बीच कृषि कर्जा सम्बन्धी सम्झौता

पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगर सरकारका बीच कृषि अनुदान कर्जा सम्बन्धित सम्झौता भएको छ । साना किसानको पँहुच बढाउनको लागि नगर सरकारले कृषि अनुदान कर्जा उपलब्ध गराउन बैंकसँग सम्झौता गरेको हो ।

ग्लोबल आइएमई बैंक तानसेन शाखा, तानसेन नगरपालिकाले हेफर इन्टरनेशनल नेपाल, ग्रामीण आर्थिक विकास संघ (रेडा) सँगको समन्वयमा कृषि अनुदानकर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उप–प्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक बीरबहादुर सारु, तानसेन नगरपालिकाको तर्फबाट मेयर अशोक कुमार शाहीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रा पालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ । यस्तै उद्यमशील कृषकहरुलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजिकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्ने छ । देश तथा विदेशमा शाखा सञ्जाल रहेको बैंकले बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा २ सय ७३ शाखा, २ सय ४८ एटीएम, २ सय ५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८ सय भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’भन्ने नाराका साथ बैंकले २३ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update