
पाल्पा, कोरोना महामारीका बेलामा पनि स्कुटर तथा मोटरसाइकलका कम्पनीहरुले नयाँ–नयाँ डिजाइनका स्कुटर तथा मोटरसाईकलहरु बजारमा ल्याएका छन् । यसै भिडमा सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भीजी अटो मोबाइल्स प्रा.लिले पनि बहु–प्रतीक्षित स्कुटर नेपाली बजारमा ल्याएको छ । उसले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा ल्याएको हो ।
निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहु–प्रतीक्षित स्कुटर हो । यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर हो । सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गकाबीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा अगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आराम्दाइ यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ भने यसको मर्मत खर्च पनि अरु भन्दा कम आउने यसका उपभोक्ताहरुको बुझाई छ ।
हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गर्न सकिन्छ । एस मा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ र किक स्टार्ट दुबै व्यवस्था रहेको कम्पनीले जनाएको छ । सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ ।