Shittalpati
जलविद्युत कम्पनीको आईपीओ खुल्यो

पाल्पा, मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले विहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको छ । यो आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम १० कित्तादेखि आवेदन दिन पाइनेछ । कुल निष्काशन भएको सेयरमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सेयर खरीदका सर्वसाधारणले आवेदन दिन पाउने छन् । बाँकी ५ प्रतिशत अर्थात ३६ हजार ८ सय १४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने २ प्रतिशत अर्थात १४ हजार ७ सय २६ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले मेरो शेयरको मोबाइएल एप तथा वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट साउन १८ गतेसम्म आवेदन दिन सक्ने छन् । सो शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन गर्ने व्यवस्था छ । यद्यपी ६८ हजार जनाले मात्र शेयर पाउने हुँदा १० कित्ताको आवेदन नै प्रयाप्त हुने देखिन्छ । आईपीओ निष्काशनका लागि कम्पनीले केयर रेटिङ्ग नेपालमार्फत साख मूल्याङ्कन गराएको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update