Shittalpati
पूर्व मुख्य सचिव पौडेलले बाँडे गुल्मीमा स्वास्थ्य सामग्री

गुल्मी, नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेलले गृह जिल्ला गुल्मीमा स्वास्थ्य समाग्री बाँडेका छन् । उनले जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रमार्फत गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई स्वास्थ्य सामग्री दिएका हुन् ।

पूर्वमुख्य सचिव पौडेलले जिल्लाका लागि एक लाख थान मास्क, एक सय एमएल बराबरका ४ सय बोत्तल स्यानिटाइजर र एक थान कन्सटेटर गुल्मी अस्पताल, जिल्लाका स्थानीय तह र स्वास्थ्यचौकी समेतका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको पौडेलले जानकारी दिए ।

उनले दोस्रो लहरको समयमा जिल्लामा भएका घटनाहरुको बारेमा जानकार रहेको बताउँदै यहाँका लागि स्वास्थ्य सामग्री लिएर सबै पालिकामा पुर्‍याउने लक्ष्य राखेको बताए । ‘स्वास्थ्य सामग्री नागरिक स्तरसम्म पुर्‍याउन आवश्यक छ ।’ पौडेलले भने, ‘जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँग समन्वय गरेर आवश्यक सामग्री नागरिकसम्म पुर्‍याउनुपर्छ ।’ जिल्लाका स्थानीय तहले वितरण गरेका स्वास्थ्य सामग्रीको विवरण जिल्ला प्रशासन कार्यालयले मागेमा नागरिकसम्म स्वास्थ्य सामग्री पुग्ने उनले बताए । पौडेलले कोरोनाको दोस्रो चरणको भेरियण्ट राजनितीक दलका नारा जुलुसले बढेको बताए । तेस्रो भेरियण्टमा ठूलो क्षति हुन नदिनका लागि आजैबाट सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन उनले आग्रह गरे । सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पराजुलीले जिल्लामा जन्मिएका पूर्व मुख्य सचिव पौडेलले जिल्लाप्रति जिम्मेवारी बोध गर्दै स्वास्थ्य सामग्री वितरण गरेकोमा जिल्लावासी सबैको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद दिए । गुल्मी अस्पतालका प्रमुख डाक्टर पच्याले कोरोनाको समयमा सबै क्षेत्रबाट गरिएको सहयोगले बिरामीलाई उपचार गर्न सहज भएको बताए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकारहरुले सहयोगीहरुले गरेको सहयोग नागरिक स्तरसम्म नपुगेको गुनासो गरेका थिए । उनीहरुले स्थानीय तहको कार्यालयसम्म पुगेर स्वास्थ्य सामग्री थन्किने र पहुँचवालाको घरमा मात्र मास्क र स्यानिटाइजर पुग्ने गरेको बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update