
पाल्पा, केही दिनदेखि प्रभावित भएको मौसम बिहीबारदेखि क्रमिक सुधार हुँदै गएको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसममा सुधार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर मौसम सामान्यतया सफा रहने छ भने अपराह्नपछि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार बेलुकादेखि बाहिरिएकाले मौसममा क्रमिक सुधार भएको मौसमविद्हरुले बताएका छन् । शनिबारदेखि फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाई छ ।