Shittalpati
पाल्पा प्यारागनकी कुंवर वक्तृत्वकला प्रतियोगितामा प्रदेश पाँचमै प्रथम

पाल्पा, प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा पाल्पा प्यारागन बोर्डिङ्ग स्कूलकी प्रियंका कुंवर प्रथम भएकी छन् । शिक्षाको रूपान्तरणमा युवाको भूमिका विषयक वतृत्वकलामा कक्षा १० मा अध्यायनरत कुंवर प्रदेश ५ मै प्रथम भएकी हुन् ।

पहिलो चरणमा फागुन ७ गते जिल्लाका १० स्थानीय तहबाट जिल्ला स्तरीय प्रतियोगितामा जिल्ला प्रथम भएकी प्रियंका पाल्पाबाट फाईनल राउण्डमा सहभागी हुने अवसर पाएकी थिईन । जिल्ला र अन्तरजिल्लास्तरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै आएकी कुवंरले प्रदेशस्तरीय प्रतियोगितमा प्रथम स्थान हासिल गरी जिल्लाकै नाम उचो राख्न सफल भएकी छन् ।

विद्यालयमा अत्यन्तै अनुशासित, लगनशिल र मेहनती कुंवरले समसामयिक विषयमा धाराप्रवाह रुपमा प्रष्ट विचारहरु राख्दै आएको स्कूलका प्रिन्सिपल गगांबहादुर खत्रीले बताए । उनले भने‘प्रदेशमै पहिलो स्थान हासिल गर्न सफल भएकी कुंवरले विद्यालय र सिंगो जिल्लाको नाम राख्न सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ ।’ युवा परिषद सानोठिमीको संयोजन र सामाजिक विकास मन्त्रालय प्रदेश पाँचको आयोजनमा बिहिवार बुटवलमा भएको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल भएकोमा विद्यालय व्यवस्थापन समितिको तर्फबाट खुसी व्यक्त गर्दै, छात्रा प्रियंकालाई बधाई दिनुका साथै उज्वल भविष्यको कामना समेत गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update