Shittalpati
फजुल खर्चको प्रचलन तोड्दै,नेपालीले दिईन् विवाह वर्षका अवसरमा श्रीमानलाई बीमा पोलिसी उपहार

पाल्पा,पछिल्लो समय नेपाली समाजमा जन्मोत्सव, विवाह ब्रतवन्धनमा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । नेपालीहरुले पश्चिमी संस्कृतीलाई अनुसरण गरेकै कारण नेपाली समाजमा दिन प्रतिदिन यस्ता कार्यमा फजुल खर्च गर्नेहरुको संख्या बढ्दै गएको हो । समाजमा जन्मोत्सव, विवाह, ब्रतवन्धन जस्ता कार्यमा भोजभतेर गरी फड्किलो समाज निर्माण गरी विकृती भित्र्याउन अग्रसर व्यक्ति र समाजलाई पछिल्लो समय केही व्यक्तिहरुले गतिलो उदाहरण दिन सफल भएका छन् ।

मानवीय स्वास्थ्यको जोखिम बहन गर्नका लागि बीमा अनिवार्य जस्तै भएका बेला केही व्यक्तिहरुले बीमाको महत्वलाई आत्मासाथ गर्दै विवाह,जन्मोत्सवका अवसरमा बीमाका लागि बीमा पोलिसी दिने गरेको पाइन्छ । जन्मदिन, विवाह , पास्नी जस्ता शुभ दिनहरुमा परम्परागत प्रणालीअनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय उपहार स्वरुप बीमा पोलिसी दिने प्रचलन चलेको छ । तानसेन ९ कि अबिता नेपालीले आफ्नो २० औं बैवाहिक बर्षगाठको अवसरमा श्रीमान बिनोद कुमार नेपालीलाई उपहार स्वरुप बीमा पोलिसी दिएर समाजमा एक उदाहरणीय बनेकी छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट ५० लाख बीमाङ्क रकमको सिटिजन शुभारम्भ उपहार स्वरुप श्रीमानलाई बीमा पोलिसी दिएकी हुन् । नेपालमै पहिलो पटक दुई गुणा सुरक्षा योजना सहितको यो बीमाले बचत सँगसंगै भविष्यमा हुने आर्थिक, भौतिक क्षतिबाट हुन सक्ने जोखिम न्यूनिकरण गर्ने हुदाँ उक्त बीमा पोलिसी उपहार स्वरुप दिएको नेपालीले बताइन ।

यस अघि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका उत्कृष्ट एजेन्सी म्यानजर रिता पाण्डेले पनि आफ्नो जन्म दिनका अवसरमा तानसेन ९ दमकडामा रहेको दमकडा माविका फरक क्षमता भएका विद्यार्थीहरुको शैक्षिक विकासको लागि विद्यालयमा अक्षयकोष स्थापना गरिदिएकी थिईन् । जिल्लामा केक काटेर जन्मोत्सव मनाउने प्रचलन बढ्दै गएका बेला बीमा क्षेत्र सँगसगै सामाजिक कार्यमा सक्रिय रहदै आएकी पाण्डेले विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेर जन्मोत्सव मनाएकी हुन् ।


प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update