Shittalpati
चैत्र २१ देखि गुल्मी महोत्सव हुने

रमेश विश्वकर्मा
गुल्मी, आगामी चैत्र २१ गतेदेखि गुल्मी महोत्सव हुने भएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा यही चैत्र २१ गतेदेखि २०७७ वैशाख १ गतेसम्म जिल्लाको सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा चौथो गुल्मी महोत्सव हुन लागेको हो । संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मुख्य नारा लिएर चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गर्न लागेको संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

जिल्लामा अवसर नपाएका कारण लुकेर रहेका कला, संस्कृति सम्पदालाई उजागर गर्ने, ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने ग्रामीण जनताको आय–आर्जनमा वृद्धि गरी गरिबी निवारणमा सहयोग पु¥याउने महोत्सवको उद्देश्य रहेको महासचिव भुसालले बताए । यस पटकको महोत्सव विगतको भन्दा परक र पृथक हुने संघका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए । उनले अहिलेको महोत्सवमा पृथक किसिमको प्रतिभा र उत्पादन देख्न पाइने दावी गरे । महोत्सवको माध्यमद्वारा जिल्लामा औद्योगिक तथा घरेलु उत्पादनलाई जोड दिदैँ स्थानीय उत्पादनको प्रवद्र्धन गरिने अध्यक्ष भलामीले बताए । जिल्लामा उद्यमी व्यवसायी बनाउन तथा स्थानीय कला, संस्कृति, साँस्कृतिको विकास र संरक्षणका लागि प्रस्तावित रेसुङ्गा होमस्टे (घरवास) को प्रवद्र्धनका लागि सबै जुट्नुपर्ने बताए ।

महोत्सवको माध्मद्वारा जिल्लालाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने बताउँदै अध्यक्ष भलामीले भने, ‘गुल्मी जिल्ला हावा, पानी, माटो, मौसमका हिसाबले प्राकृतिक सौन्र्दयको खानी भएकाले यसलाई आर्थिक रुपमा रुपान्तरणका लागि पर्यटनले जोड्ने छ । महोत्सवमा बौद्धिक उत्पादनलाई समेत विशेष प्राथमिकता दिईने छ ।’ महोत्सवलाई समग्र जिल्लावासीको महोत्सवको रुपमा लैजानु पर्ने उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले बताए । उनले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्न सक्नुपर्नेमा जोड दिए । महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने र तीन करोड बराबरको कारोबार गर्ने अपेक्षा राखिएको संघका उपाध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update