Shittalpati
‘७० प्रतिशत भूकम्प पीडितलाई तेस्रो किस्ता’

पाल्पा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले देशभर ७० प्रतिशत भूकम्प पीडितलाई निजी आवास बनाउन तेस्रो किस्ता प्रदान गरिसकिएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ७० प्रतिशत भूकम्प पीडितलाई तेस्रो किस्ता वापतको रकम प्राधिकरणले प्रदान गरिसकेको बताएका हुन् । उनले ६२ प्रतिशत भूकम्प पीडित नयाँ निजी आवासमा बसोबास गर्न थालिसकेको जानकारी गराए ।

उनका अनुसार ५२ प्रतिशत भूकम्पपीडितलाई दोस्रो किस्ता रकम भुक्तानी भइसकेको छ । उनले भूकम्पबाट क्षति भएका स्वास्थ्य चौकी, विद्यालय तथा ऐतिहासिक सम्पदाहरुको काम तीव्र रुपमा भइरहेको जानकारी दिए । निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने कार्यकारी अधिकृत ज्ञवालीले बताए । उनले सरकारी अनुदान बुझेर घर पुनर्निर्माण हुन नसकेकाहरुको तथ्याड्ढ संकलन गर्ने काम हुने जानकारी दिए । कुन घर किन बनेन् भन्ने बारे प्राधिकरणले सबै तथ्याड्ढ व्यवस्थित गर्न थालेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

नेपालमा छोटो समयमा पनि प्राधिकरणको प्रगति राम्रो रहेको ज्ञवालीको भनाई थियो । पाल्पामा भूकम्पबाट क्षति भएका १ सय १४ विद्यालयका ३ सय ४८ कोठा निर्माण गर्ने कार्य भइरहेको उनले जानकारी दिए । प्राधिकरणका प्राविधिक भूकम्प पीडितका घरमा पुग्नुभन्दा अघि निर्माण भएका संरचनालाई प्राधिकरणले एकमुष्ट तेस्रो किस्तासम्मको रकम भुक्तानी गर्दै आएको छ । प्राधिकरणले भूकम्पपी डितलाई वित्तीय र
प्राविधिक सहयोग मात्र प्रदान गर्दै आएको छ । –रासस

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update