Shittalpati
गरौं योग, रहौं निरोग
pancha kanya steel

कृष्ण पोखरेल
पाल्पा, पछिल्लो समय नेपालमा पनि योगको महत्व बढ्दै गएको छ । गाउँ–गाउँमा समेत योग शिविर सञ्चालन हुने गरेका छन् । बौद्धिक जमातले समेत योगलाई आत्मसात् गर्न थालेको पाइन्छ । भारतमा बाबा रामदेवले चलाएको योगाभ्यासको प्रभाव नेपालमा पनि देखिएको हो भन्दा अनर्थ नहोला । अचेल योगलाई पनि उपचार पद्दतिको रुपमा हेर्न थालिएको छ । प्राचीन समयमा हरेक रोगको उपचारमा योगको प्रयोग गरिए पनि आधुनिक चिकित्साको विकाससँग योग ओझेलमा परेको थियो । तर, अहिले योगबाट पनि विभिन्न रोगको उपचार गर्न संभव छ भन्ने पुष्टि हुँदै गएपछि यसको महत्व बढ्दै गएको हो । पाल्पामा पनि पतञ्जली योग समितिले योग अभियानलाई व्यापक बनाउँदै आएको छ । समितिले गरौं योग रहौं निरोेग भन्ने अभियानका साथ योगलाई अगाडि बढाउँदै आएको हो । जिल्लामा आधुनिक जीवनशैली, प्रविधीमा आधारित श्रम, अव्यस्थित रहन–सहन, खानपान तथा शारिरिक श्रमको कमी, बढ्दो धन मोहको कारण मानिसको स्वास्थ्य तथा चिन्तन बिग्रदै गएको अवस्थामा पतञ्जली योग समितिले योग शिक्षाको बारेमा व्यापक छलफलसँगै सबैलाई योग गरी निरोगी बन्न आग्रह गरेको छ ।
समितिले अभियान अन्तर्गत एक दिने सत्संग कार्यक्रम समेत गरेको छ । समितिले पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रतिनिधी साधवी देवा दिती र साधवी देवा विजयाका सहभागितामा एक दिने प्रवर्चन तथा संत्संग कार्यक्रम गरेको हो । कार्यक्रममा उनीहरुले आधुनिक जीवनशैलीको कारण मानिसहरुले आफ्नो मूल्य, मान्यता, परम्परा विर्सेर प्रकृति विपरितका काम गर्दै आएको बताए । आफ्नो राष्ट्रलाई आमा मानेर आफ्नै राष्ट्रमा श्रम र पसिना बगाए मात्र जीवन प्रगतीतर्फ उन्मुख हुने पतञ्जली योग समिति नेपालकी महिला प्रभारी साधवी देवा दितीले बताईन । देशमा परिवर्तन विकास गर्न बाहिरी राष्ट्र वा व्यक्तिको मुख नताकी आफै काममा खटिनु पर्ने तब मात्र देश विकास हुने भएको सबैपक्ष बैदेशिक रोजगार भन्दा आफ्नै ठाउँमा काम गर्नुपर्ने महिला प्रभारी देवा दितीले बताईन । स्वामी राजमदेव र आचार्य बालकृष्ण माहाराजले परम्परागत रुपमा रहेको योग शिक्षा तथा अभ्यासलाई विश्वमाझ चिनाएर अरबौं व्यक्तिहरुलाई जोड्ने काम गरेको समिति युवा नेपालकी प्रभारी साधवी देव विजयाले बताईन् । योग शिक्षाले शरिरको शुद्धिकरण, स्वस्थ्य शरिर, मन बचन र कर्मको शुद्धता बनाउने काम गर्दै आएकाले जीवन सफल बनाउन सबै मानिसहरु योग शिक्षामा जोडिनु पर्नेमा युवा प्रभारी साधवी देवा विजयाले जोड दिईन । देश परिवर्तका संवाहक युवाहरु भएकाले युवाहरुलाई योग शिक्षामा सहभागी गराएर देश परिवर्तनमा लगाउनु पर्ने समितिका केन्द्रीय प्रतिनिधी देवा दितीले बताईन् । कार्यक्रममा तानसेन नगरपालिका ४ का निमित्त वडा अध्यक्ष गणेश थापाले पतञ्जली योग समितिले टोल–टोलमा योग शिक्षाको चेतना फैलाउदै आएको बताए । योग शिक्षालाई निरन्तरता दिन वडा कार्यालयले सहयोग पु¥याउने वडा अध्यक्ष थापाले बताए ।
पतञ्जली योग समिति पाल्पाले तानसेन नगरपालिकाका वडा–वडा तथा टोल–टोल देखी रिब्दिकोट गाउँपालिकाको पालु· मैनादीमा नियमित रुपमा विहान ५ देखी ७ बजे सम्म योग अभ्यास गराउँदै आएको छ । समिति पाल्पाका अध्यक्ष शुरेसप्रसाद श्रेष्ठको अध्यक्षता, पतञ्जली महिला योग समितिका अध्यक्ष उषा श्रेष्ठको स्वागत,सचिव पवित्रा खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update