Shittalpati
‘सरकारले सुशासन कायम गर्न सकेन’

गुल्मी, नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द बहादुर पहराईले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकारले देशमा सुशासन कायम गर्न नसकेको बताएका छन् । जिल्लाको ईस्मा गाउँपालिका ६ राङदलचौरमा नेपाल तरुण दल गुल्मी क्षेत्र नं. २ को क्षेत्रिय भेलााई सम्बोधन गर्दै प्रतिष्ठानका सदस्य पहराईले वर्तमान सरकारको दुई वर्ष अवधिको मूल्याड्ढन गर्दा सुशासन कायम गर्न नसकेको बताएका हुन् । उनले वर्तमान सरकारले खोक्रो राष्ट्रवाद देखाएर जनतालाई झुक्याउने काम गरेको आरोप लगाए ।

सरकारले देशमा भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै पहराईले भने, ‘भ्रष्टाचारीहरुलाई स्वयम सरकारले नै संरक्षण गरेको छ ।’ सरकारले संविधानको कार्यान्वयनमा रुची नदेखाएको भन्दै सम्पूर्ण संवैधानिक आयोगहरुलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको बताए । उनले प्रतिपक्षी पार्टीलाई पूर्ण रुपमा किनारा लगाउन खोजेको आरोप लगाए । त्यस्तै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डा.दामोदर भुसाल,नेपाली काँग्रेस जिल्ला सदस्य झविन्द्र विश्वकर्मा, नेपाली काँग्रेस क्षेत्र नं. २ प्रदेश (क) का सभापति पूर्ण केसी प्रदेश (ख) का सभापति रेखाकुमार जिसी, नेपाल विद्यार्थी संघका कार्यवहाक जिल्ला सभापति रामप्रसाद पन्थी (राम्जी) लगायतले भेलालाई सम्बोधन गरेका थिए । नेपाल तरुण दल क्षेत्र नं. २ का सभापति झविन्द्र अर्यालको सभापतित्व, सचिव राजेन्द्र थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update