Shittalpati
‘बालबालिकाको भविष्यका लागि शिक्षक इमान्दार बन्नुपर्छ’

हाम्रा संवाददाता
पाल्पा, प्रदेश पाँचका सांसद विरबहादुर रानाले बालबालिकाको समुन्नत भविष्य निर्माणका लागि शिक्षकहरु इमान्दार र लगनशिल बन्नुपर्ने बताएका छन् । नेपाल शिक्षक सघं तानसेनको दोस्रो नगर प्रतिनिधी सभालाई तानसेनको श्रीनगरमा सम्बोधन गर्दै सांसद रानाले बालबालिकाको समुन्नत भविष्य निमार्ण गर्न शिक्षकहरु इमान्दार र लगनशील भएर गुणस्तरीय शिक्षा प्रदान गर्न लागि पर्नुपर्ने बताएका हुन् । नेपाली काँगे्रस पाल्पाका सभापति समेत रहेका रानाले विद्यालयमा शिक्षक इमान्दार र लगनशिल भए विद्यार्थीहरु पनि सोही अनुरुप उत्पादन गर्न सकिने धारणा व्यक्त गरे ।

उनले भने,‘बालबालिकाहरुको भविष्य कस्तो बनाउने भन्ने विषय विद्यालय, शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहने भएकाले बालबालिकाको समुन्नत भविष्यका लागि शिक्षक, अभिभावक र विद्यालय इमान्दार भएर लाग्नुपर्छ ।’ सांसद रानाले प्रदेश सरकारले देशका लागि आवश्यक पर्ने योग्य, इमान्दार, दक्षजनशक्ति उत्पादन गर्न र शैक्षिक गुणस्तरसगैं असल समाज, राष्ट्र निर्माणका लागि विशेष योजना र कार्यक्रमहरु अगाडि सारेको बताए । प्रदेश सरकारले अगाडि सारेका योजना तथा कार्यक्रमहरुलाई सार्थक रुप दिनका लागि विद्यालय र शिक्षकहरुले इमान्दारपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न उनले आग्रह गरे ।

पछिल्लो समयमा राजनितिक आस्थाका आधारमा शिक्षक दरवन्दी मिलानमा विभेद भएको भन्ने विषय बाहिर आएका बेला सांसद रानाले वर्तमान सरकारले आस्थाका आधारमा शिक्षक सघंमा आवद्ध शिक्षकलाई दरबन्दी मिलानमा भेदभाव गर्नु आपत्तिजनक रहेको बताए । उनले सरकारले कुनै राजनितिक आस्थामा शिक्षकहरुलाई दरवन्दी मिलानमा समस्या उत्पन्न गरे आफु र सिंगो पार्टी मुकावला गर्न समेत तयार रहेको चेतावनी दिए । कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष देवी प्रसाद भट्टराईले शिक्षक सघंको आन्दोलनबाट नै विद्यालयमा कार्यरत बालविकास कार्यकर्ता र कर्मचारीको तलबमा पुनरावलोकन हुन लागेको बताए । नेपाल शिक्षक सघंका जिल्ला अध्यक्ष धनकला गाहाले आफ्नो सरकार हुँदा र प्रतिपक्षमा रहँदा शिक्षकहरुको आस्था बदलिने प्रवृति गलत रहेको बताईन ।

कार्यक्रममा नेपाल शिक्षक सघंका निवर्तमान केन्द्रिय सदस्य मीना पन्थी पूर्व शिक्षक एंव नेपाल महिला सघंकी केन्द्रिय सदस्य रमा पन्त, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा नेपाल पे्रस यूनियनका सभापति भरत शर्मा लगाएतले शिक्षक सघंले जिल्लामा रहेका शिक्षकहरुको हकहितका लागि महत्वपूर्ण काम गर्दै आएको बताए । नगरको शिक्षक सघंमा आवद्ध १ सय २५ जना शिक्षकहरुको सहभागिता रहेको कार्यक्रममा सगठनात्मक र आर्थिक प्रतिवेदन पास गरी भावि कार्यक्रम र योजना तयार पारिएको छ । सघंका नगर सभापति शंकर पौडेलको सभापतित्व, महिला उपाध्यक्ष इन्दिरा ज्ञवालीको स्वागत, उपाध्यक्ष कमल अर्यालको धन्यवाद र सचिव सन्तवीर बरालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update