Shittalpati
लक्ष्मी बैंकद्वारा स्मार्ट फोन लोन सेवा सुरू

काठमाडौं । लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्ट फोन लोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो । जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्नेछ । हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउँदै लगिने योजना रहेको बैंकले जनाएको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा सञ्चालनमा ल्याएको हो । यो कर्जा पुरै डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पूर्व स्विक्रित हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ । सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update