पाल्पाको रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक घाईते
                        
                        
                                                
                                            
                                                                    पाल्पा । जिल्लाको रामपुरमा माटोको ढिस्कोले च्याप्दा एक व्यक्ति घाइते भएका छन् । रामपुर नगरपालिका १ स्याउलिबजार स्थित कालिगण्डकी करिडोरको बाटो खन्ने क्रममा सल्यान बाघचौर नगरपालिका १ का ४७ वर्षीय भोग बहादुर बस्नेत घाइते भएका हुन् ।
बाटो खन्दै गर्दा माथिबाट एक्कासी माटोको ढिस्को खस्न गई बस्नेतलाई च्यापेको थियो । ढिस्कोले च्याप्दा उनी गम्भीर घाईते भएका छन् । घाइते उनलाई उपचारका लागि तानसेन ल्याउदै गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    