Shittalpati
नमूना गाउँपालिका बनाउन ३ बर्षे आवधिक योजना बनाउदै बगनासकाली

कृष्ण पोखरेल
पाल्पा , जिल्लाको बगनासकाली गाउँपालिकाले नमुना गाउँपालिकाको रुपमा परिचय दिनका लागि ३ बर्षे आवधिक योजना तर्जु कार्यलाई अगाडि बढाएको छ । सुन्दर शान्त संमृद्ध सभ्य बगनासकाली गाउँको सार, आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार विकासको दिगो आधार भन्ने मुल नार लाई सफल बनाउन गाउँपालिकाले ३ बर्षे आवधिक योजना बनाउन लागेको हो । गाउँपालिकाको बस्तु स्थिती चित्रण गरी, ३ बर्ष भित्र कार्यान्वयन गर्न सकिने र आर्थिक हिसावले संभव हुने विषयवस्तुहरुको छनौट गरी, आवधिक योजना तुर्जमा गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ९ वटै वडा भेला गरी, गाउँबस्तीको आवश्यकता र मागको आधारमा, कार्यालयका विषयगत शाखाहरुको मागको आधारमा, कार्यान्वयन तह कर्मचारीहरुको राय सुझावको आधारमा र जनप्रतिधीको राय सुझाव, नागरिक समाज विषय विज्ञहरुको राय सुझावको आधारमा आवधिक योजना निर्माण कार्यलाई अगाडि बढाएको हो ।


संघीय,प्रदेश सरकारले समेत सबै स्थानीय तहहरुमा आवधिक योजना बनाएर काम गर्न परिपत्र गरेसंगै बगनासकालीले ३ बर्षे आवधिक योजना बनाउन लागेको छ । आवधिक योजना तर्जुमाका लागि अलाना ईन्टरनेशनल सर्भिेसेज प्रा.लि.ले सहजीकरण गरेको छ । विभिन्न मन्त्रालयमा काम गरेका विषय विशेषज्ञ, विभिन्न विधाका ईन्जिनियर, अर्थमन्त्रालयमा काम गरेका अर्थविदहरुको सहजीकरणमा गाउँपालिकाको आवधिक योजना तर्जुमा शुरु गरेको हो । योजना तर्जुमाको लागि संस्थाका टिम लिडर ईन्जिनियर भरत आचार्य, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना कार्यान्वयन महाशाखाका उपसचिव धुव्र प्रसाद पाण्डे, समन्वकर्ता कृष्ण प्रसाद शर्मा गाउँपालिकामा खटिएका छन् । लामो समयपछी स्थानीय निर्वाचन भयो केही समय सिक्दैमा गयो, अहिले सम्म हामीले व्यवस्थित रुपमा योजना बनाएर काम गरेका थिएनौ, अब नमुना काम गरी गाउँपालिकालाई आर्थिक रुपमा सफल बनाउन आवधिक योजना निर्माणमा लागेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।
गाउँपालिकाको आर्थिक सामाजिक, भौतिक अवस्था र विगतको बजेट निर्माण, योजना, खर्चको अवस्थालाई पुर्नमुल्याङकन गरी, सबै खालको विकास निर्माण, रोजगारी, कृषि, पशुपालन देखी गाउँको संभाव्यतालाई मध्यनजर गरी आवधिक योजना तर्जुमा गरिने संस्थाका समन्वयकर्ता कृष्ण प्रसाद शर्माले बताए ।


कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले ढिलै भएपनि गाउँपालिकाले आवधिक योजना बनाएर व्यस्थित रुपमा काम गर्न खोजेको बताईन । आवधिक योजना तर्जुमाले आगामी ३ बर्षमा बगनासकालीको विकास निर्माणको खाका तयार हुने, सोही अनुसारको बजेटको व्यबस्थापन हुने सोही निति अनुसार कर्मचारीतहबाट कार्यान्वयनको लागी सहता हुने प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । आवधिक योजना कार्यको एक कार्यक्रमका बीच सुरु गरिएको छ । स्थानीय वालमैत्री शासनका फोकल पर्सन मनोज आर्चायको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update