पाल्पा, यही फागुन १ गतेदेखि ११ गतेसम्म हुन गइरहेको पाल्पा महत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । तानसेन नगरपालिका ९ दमकडामा पाल्पा व्यापार संघको आयोजनामा हुन लागेको महोत्सवको तयारी अन्तिम चरण्मा पुगेको हो । स्टल व्यवस्थापन, मेला स्थलको व्यवस्थापन लगायतका काम अन्तिम चरणमा पुगेको संघले जनाएको छ । उत्पादन र व्यापारमा विविधिकरण : कृषि, पर्यटन र संस्कृति समृद्धिको आधार भन्ने मूल नारा सहित सञ्चालन हुन लागेको महोत्सवमा जिल्लाका दश स्थानीय तहका कृषि, पर्यटन र उद्योगका स्टलहरु रहेछन् ।
महोत्सवमा जिल्लाका विभिन्न जातजाति तथा भाषाभाषीमा प्रचलित तथा लोपोन्मूक साँस्कृतिक झाँकी तथा कला संस्कृति प्रदर्शनका लागि साँस्कृतिक कार्यक्रमहरु रहने महोत्सव प्रचार प्रसार समितिले जनाएको छ । जिल्लामा प्रचलित घाँटु, झाम्रे, कडुवा, लाखे, भजन, चुट्का, ख्याली लगायतका नाँचहरु समेत देखाईने छ । जिल्लाको पर्यटन, व्यापार, व्यवसायीको प्रवद्र्धनका सञ्चालन हुन लागेको महोत्सवलाई सफल पार्न सबैले सहयोग पुर्याउन महोत्सव मूल आयोजक समितिका संयोजक चिरञ्जीवि पोखरेलले आग्रह गरेका छन् ।