Shittalpati
जन्मभूमिप्रति सधै चिन्तित छौं  :  सेवा समाज जापान

गुल्मी । जन्मभूमि प्रति आफुहरु सधै चिन्तित रहेको काँडेवास सेवा समाज जापानले जनाएको छ । बागलुड काँडेबासबाट सन् २०१५ मा रोजगारी एवं अध्ययनको शिलशिलामा जापानमा पुगेका व्यक्तिहरु संगठित समाज काँडेवासले आफ्नो जन्मभूमिप्रति सधै चिन्तित रहेको बताएको छ ।

समाजले जापनको टोकियोमा भएको आफ्नो छैठौं साधारण सभा मनाउदै स्वदेशप्रति आफ्नो सधै माया, स्दभाव र सहयोग रहेको बताएको हो । समाजका अध्यक्ष बुद्धि कँडेलले आफु विदेश भए पनि स्वदेशको मायाले सधैभरी सताई रहने बताए । उनले आफु जन्मेको ठाउँलाई बेला बेलामा सक्दो सहयोग समेत गर्दै आएको बताए ।

सभामा समाजका निवर्तमान अध्यक्ष टिकाराम शर्मा, सदस्य लक्ष्मण चालिसे,सदस्य दिपक केसी,सल्लाहकार टोपलाल कँडेल लगायतले आफुहरु जन्मभूमिप्रति सधै चिन्तित रहेको बताएका छन् । उनीहरुले काँडेवासमा रहेका नेपाली दाजुभाईहरु एक ढिक्का भएर समाजलाई अगाडि बढाउने दिशामा लागेको बताए । समाजले काँडेवासमा स्वास्थ्य चौकी भवनका लागि जग्गा व्यवस्थापन,बाढी पिडीतका लागि आर्थिक सहयोग, आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । साधारण सभाका अवसरमा समाजले काँडेबास स्वास्थ्य चौकीले प्रदान गरेको सम्मान पत्र काँडेवास सेवा समाजका नि.वर्तमान अध्यक्ष टिकाराम शर्माद्वारा अध्यक्ष बुद्धि कँडेललाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा समाजका कोषाध्यक्ष गोम बहादुर बुढाथोकीले आर्थिक प्रतिवेदन र सह–सचिव रामु शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेको समाजका सदस्य बिष्णु प्रसाद गौतमले जानकारी दिए । –कौरव खत्री

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update