Shittalpati
आँखा शिविरबाट दुई सय ९७ जनाले लिए सेवा

इमान सिं राना
पाल्पा (रामपुर), रामपुर नगरपालिका ९ जब्गादीमा सञ्चालन भएको आँखा शिविरबाट दुई सय ९७ जनाले सेवा लिएका छन् । अन्धकारमुक्ति बचत तथा ऋण सहकारीको आयोजना, रामपुर नगरपालिका ९ र जब्गादी बजार व्यवस्थापन समितिको समन्वय तथा कालीगण्डकी आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा दुई सय ९७ जनाले सेवा लिएका हुन् । सेवा लिएका मध्ये २१ जनालाई अप्रेशनको लागि सिफारिस गरिएको छ । शिविरको रामपुर नगरपालिका ९ का वडा अध्यक्ष ईच्छाराम सिंजाली उद्घाटन गरेका थिए ।

शिविरको उद्घाटन गर्दै वडा अध्यक्ष सिंजालीले गाउँमै आएर शिविर सञ्चालन गरी गाउँका नागरिकलाई सेवा दिएकोमा अन्धकारमुक्ति सहकारी, कालिगण्डकी आखा तथा कान उपचार केन्द्रलाई धन्यवाद दिए । उनले आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम जान असहज भएका नागरिकहरुका लागि शिविरले महत्वपूर्ण टेवा पु¥याएको बताए । शिविरमा कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका प्रमुख सुन्दर रानाले आँखा जाँच तथा उपचार सेवा दिएका थिए । शिविर संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षता, व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलको स्वागत, सचिव ओमप्रकास बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update