Shittalpati
गुल्मीको चन्द्रकोट गाउँपालिकालाई स्थानीयले दिए आठ रोपनी जग्गा निःशुल्क

रमेश विश्वकर्मा
गुल्मी,जिल्लाको एक गाउँपालिकालाई प्रशाासनिक भवन निर्माणका लागि स्थानीयहरुले करोडौंको जग्गा निःशुल्क प्रदान गरेका छन् । चन्द्रकोट गाउँपालिकाको प्रशासनिक भवन बनाउनका लागि शान्तिपुरका स्थानीयले संयुक्त रुपमा आठ रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बजारका स्थानीय नुमकला अर्याल, बालजंग अर्याल, बाबुराम अर्याल, ज्ञानु अर्याल, प्रविन अर्याल, कमल अर्याल र प्रकाश अर्याल लगयातका अर्याल परिवारबाट पाँच रोपनी साथै उत्तम खत्रीबाट एक रोपनी, देबबहादुर कुवँरबाट एक रोपनी र टेक बहादुर गलामीबाट एक रोपनी गरी आठ रोपनी जग्गा गाउँपालिकालाई प्राप्त भएको गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीले बताए । उनका अनुसार जग्गाको मुल्य शान्तिपुर बजारमा करोडौंको हो ।

उक्त जग्गा गाउँपालिका अध्यक्ष खत्रीको पहलमा गाउँपालिकाको प्रशासनिक कार्यालय बनाउन प्रदान गरिएको जग्गादाताहरुले बताएका छन् । कार्यालय बनाएपछि जग्गादाताहरुको नाम थर शिलालेखमा लेखिने अध्यक्ष खत्रीले बताए । जग्गादाताहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष खत्रीका अनुसार यसबर्ष नै सोही ठाउँमा गाउँपालिकाको बहुउद्देश्यीय सभाहल बनाइने छ । भवनका लागि पनि सरकारसँग माग गरेर सकेसम्म छिट्टै पहल गरिने उनले बताए । स्थानीय जग्गादाताहरुले स्थानीय सरकार स्थायित्व गर्न जुन तरिकाले सहयोग गरेका छन् त्यसप्रति विशेष आभार प्रकट गर्दै गाउँपालिका सधै जनताको हकहितका लागि काम गरिरहेको अध्यक्ष खत्रीले बताए ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update