Shittalpati
गुल्मीको रेसुङ्गामा मंसिर १३ सम्मको लागि लकडाउन

गुल्मी,गुल्मीको रेसुङ्गा नगरपालिकाले मंसिर १३ गतेसम्मकम लागि लकडाउन गर्ने घोषणा गरेको छ । नगरमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण तिब्ररुपमा फैलिदै गएपछि नगर सरकारले मंसिर ४ गते राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको हो ।
लकडाउनको अवधिमा पनि एम्बुलेन्स, दमकल, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी,ईन्धन,सरसफाई,स्वास्थ्य सेवा तथा औषधी पसलहरु पूर्ववत रुपमा सञ्चालन हुने जनाईएको छ । पालिका कार्यालय र वडा कार्यालयमा अत्यावश्यक कार्य बाहेका सेवाहरु पूर्ण रुपमा बन्द रहने छन् ।
लकडाउन अवधी भर सम्पूर्ण शौक्षिक संस्थाहरु बन्द रहने छन् भने वैकल्पिक सिकाई भने चलिरहने जनाइएको छ ।

रेडियो टेलिभिजनबाट प्रशारण हुने श्रब्यदृष्य, श्रब्य पाठ प्रशारण तालिका अनुसार निरन्तर सिकाईमा सहभागी हुन सक्ने, कक्षा १२ को वार्षिक परिक्षा मंसिर ९ गतेबाटै निर्देशित कार्यविधी, मापदण्ड पुरा गरि सुचारु गर्ने, तरकारी फलफुल दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण बिहान नौ बजेसम्म र साँझ पाँच बजेदेखि ६ः३० सम्म सञ्चालन गर्ने, अन्य पसलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुरागरी बिहान सात बजेदखि दुई घण्टामात्र सञ्चालन गर्ने बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update