Shittalpati
तिहार आएपछि...

तानसेनको तेस्रो सडकमा तिहारका लागि आवश्यक सामन किन्दै सर्वसाधरण । तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहल–पहल सुरु भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) संक्रमण तीब्र फैलिए पनि चाडपर्वमा धेरैले कोरोना नै बिर्सिएको जस्तो देखिन्छ । तिहारको अवसरमा मसला, मिठाई, फूलका माला, विभिन्न रङका बत्तिको व्यापार सबैभन्दा बढी हुने गर्दछ । तर तानसेनका व्यापारीहरू भने पोहोर–परारभन्दा यसपाली तिहारमा ३० प्रतिशत जति मात्रै व्यापार भइरहेको बताउँछन् ।       –तस्वीर : रामचन्द्र रायमाझी/एनजेडी

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update