Shittalpati
माथागढीमा बजार अनुगमन

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिले गाउँपालिका भित्रका चिदीपानी, रूप्से र झडेवाका बजारमा अनुगमन गरेको हो । समितिले ७० वटा पसलहरू अनुगमन गरेको थियो । बजार अनुगमनको क्रममा साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको, मुल्य सूची नराखेको केही स्थानमा म्याद गुज्रिएको सामान विक्रि वितरण गरेको पाइएको छ । अनुगमनका क्रममा मापदण्ड पुरा नगरेका पसललाई सचेत गराइएको र फेरी पनि गल्ती गरेमा कानून बमोजिम कारवाही गर्ने गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक निर्मला भट्टराईले बताईन् ।

अनुगमन समितिका संयोजक निर्मला भट्टराई, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका टेक बहादुर घर्ती,उद्योग वाणिज्य संघ पाल्पाका बालकृष्ण बस्याल,गाँउपालिकाका छैठौं अधिकृत नारायण प्रसाद न्यौपाने,गाँउपालिकाका आर्थिक समिति संयोजक तारा रसायली,माथा प्रहरी चौकीका प्रहरी हवलदार कृष्ण सिंजाली र आर्यभञ्जयाङ् प्रहरी चौकीका प्रहरी हवलदार शिवलाल वि.सि लगायतको टोलीले बजार अनुगमन गरेको थियो । बजार अनुगमनबाट म्याद नाघेका विभिन्न किसिमका खाद्य तथा अन्य उपभोग्य वस्तुहरु सरोकारवालाको रोहवरमा जलाई नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update