तिहार आएपछि तानसेनमा बढ्दै चहलपहल (फोटो फिचर)
तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहलपहल सुरु भएको छ । कोरोनाभाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) संक्रमण तीब्र फैलिए पनि चाडपर्वमा धेरैले कोरोना नै बिर्सिएको जस्तो देखिन्छ ।
तिहारको अवसरमा मसला, मिठाई, फूलका माला, विभिन्न रङका बत्तिको व्यापार सबैभन्दा बढी हुने गर्दछ । तानसेनका व्यापारीहरू भने पोहोर–परार भन्दा यसपालि तिहारमा ३० प्रतिशतजति मात्रै व्यापार भइरहेको बताउँछन् । तानसेनका विभिन्न्न क्षेत्रमा पुगेर तिहारको चहलपहललाई नवजनचेतना दैनिक र शित्तलपाटी डटकमका उपसम्पादक रामचन्द्र रायमाझीले कैद गरेका केही तस्बिर :
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्