Shittalpati
बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रामपुरमा जोर–बिजोर प्रणाली

पाल्पा । जिल्लाको रामपुर नगरपालिकामा कोरोना संक्रमणको बढ्दो जोखिमाई मध्यनजर गर्दै सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । कोरोना संक्रमणको थप जोखिम बढेपछि नगर सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन आइतबारदेखि सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरेको हो ।

नगरभित्र भिडभाड कम गर्नका लागि नगरपालिकामा बसेको सर्व पक्षिय बैठकले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको थियो । नगरभित्र चल्ने नीजि तथा सार्वजनिक सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको नगरपालिकाले जनाएको छ । यो प्रणाली लागुभएपछि जोर गतेका दिन जोर नम्बर प्लेटका र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका सवारी मात्र चल्न पाउने छन् । नगरमा दिनहुँ संक्रमितको संख्या बढ्दै गएकाले नगरवासीलाई सुरक्षित राख्नका लागि यस्तो निर्णय गर्न बाध्य भएको रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update