बसाइँसराइले घरहरु जीर्ण
-
पाल्पाको बगनासकाली गाउँपालिका ७ खानीगाउँस्थित कल्लाबारीमा बसाइँसराइ पछि जीर्ण बनेका घर । यहाँका अधिकांश मानिसहरु बसाइँसराइ गरी तराई र शहर तिर जाँदा गाउँका दर्जनौ घरहरु जीर्ण बन्दै गएका छन् । स्थानीय सुमन गैरेका अनुसार गाउँका अधिकांश मानिसहरु शहर बजार केन्द्रित हुन थालेपछि गाउँका एक दर्जन बढी घरहरु भत्किने अवस्थामा पुगेका हुन् । खानीगाउँ कल्लाबारीमा मात्र होइन पाल्पाका अधिकांश ग्रामीण क्षेत्रका मानिसहरु सेवा सुविधाको अभावमा गाउँ छोड्दा पुराना शैलीमा निर्माण गरिएका घरहरु जीर्ण बन्न पुगेका छन् । मानिसहरु एकातिर गाउँमा खेतीपाती गरेर जंगली जनावरको आतंकबाट पीडित भएका छन् भने अर्को तिर गाउँ समाज विभिन्न परिवेशमा विखण्डनतर्फ उन्मूख भइरहेकाले जिल्लाका अधिकांश गाउँबस्ती टोलछिमेका घरहरु जीर्ण र विराना देखिन थालेका छन् । –तस्वीर : रामचन्द्र रायमाझी/नवजनचेतना दैनिक
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्