Shittalpati
गुल्मीका पहिरो पीडितलाई राहत

तम्घास । गुल्मीको इस्मा गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत प्रदान गरिएको छ । एकीकृत ग्रामीण विकास समाज गुल्मीको संयोजन तथा केयर नेपालको सहयोगमा गाउँपालिकाका ६० परिवारलाई राहत प्रदान गरिएको हो ।

सबै परिवारलाई त्रिपाल सहितको सेल्टर किट, सुत्नका लागि प्रयोग हुने म्याट्रिस, महिला तथा किशोरीहरुलाई आवश्यक सामग्री सहितको डिगनिटी किट र कम्बल सहितको हाइजिन किट प्रदान गरिएको हो । छत्तीस घर पूर्ण क्षति भएका र उच्च जोखिमका तीन घरधुरीलाई राहत प्रदान गरिएको एकीकृत ग्रामीण विकास समाज अन्तर्गत रहेको सु–आहारा गुल्मीका फिल्ड संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए ।

गत असार १८ गते र साउन ६ गते गएको पहिरोले इस्मा गाउँपालिका वडा १ मा ३३, वडा २ मा तीन, वडा ४ मा २२ तथा वडा ६ मा दुई घर विस्थापित भएका थिए । विस्थापित परिवार कोही अरुको घरमा, कोही विद्यालय तथा केही परिवारले अन्यत्रै अन्य ठाउँमा अस्थायी बसोबासको प्रबन्ध मिलाएका छन् । संस्थाले प्रत्येक परिवारलाई १० हजारका दरले गाउँपालिकामा छ लाख बराबरको सामग्री प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक कृष्ण विश्वकर्माले जानकारी दिए ।   –रासस

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update