गजल : तिमीले
मन बहादुर खत्री ‘मनु’
इस्मा–२, मैनडाँडा, गुल्मी
सिरानी यही हो लिएको तिमीले
जवानी यही हो पिएको तिमीले
चिसै छन् परेली चुमेका यि आँखा
विहानी हरायो दिएको तिमीले
छपक्कै अझै त्यो छ लाली निशानी
चुडायौ कलेजी सिएको तिमीले
कथा भो व्यथा भो प्रतिज्ञा गरेको
मुटू झन् फुटायौ खिएको तिमीले
भयो के ? अनौठौ–अनौठो कहानी
कहाँ छौ ? गरी के जिएको तिमीले ?
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्