Shittalpati
आजदेखि सोह्र श्राद्ध सुरु

पाल्पा । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्ध आजदेखि सुरू भएको छ । पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष भदौ बुधबारदेखि सुरु हुन लागेको हो । आज प्रतिपदा तिथिको श्राद्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्ड दान गर्ने गरी निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नुपर्ने छ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समयअघि नै गर्न सकिने छ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए ।

यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण सोह्र श्राद्ध गराउने ब्राह्मण यजमानकहाँ जान कठिन छ । केही स्थानीय तहले श्राद्ध विद्युतीय रुपमा गर्न, घरमा पुरोहित नबोलाउन भनी सार्वजनिक रुपमा सूचनासमेत जारी गरेका छन् । कुनै कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update