पाल्पा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तानसेनको प्रभासमा एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै कम्पनीले प्रभासमा एजेन्सी कार्यालय विस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै तानेसन नगरपालिकाकी उपप्रमुख लक्ष्मी पाठकले मानिसमा बीमाको विषयमा चेतनाको कमी हुँदा जीवन जोखिममा राख्नु परेको बताइन् ।
कार्यक्रममा मध्य पश्चिमाञ्चलका प्रमुख सुनिल पोखरेलले अझै पनि नेपालमा करिब २७ प्रतिशत मानिसरुले मात्र बीमा गरेको बताउदै बाँकी रहेका सबै मानिसहरु बीमामा जोडीनु पर्ने बताए । कम्पनीका क्षेत्रीय शाखा व्यवस्थापक दुर्गा ढकालले मानिसमा बीमा सम्बन्धी ज्ञान प्रदान गर्नका लागि पनि एजेन्सी कार्यालय विस्तार गरिएको बताए । वंशगोपाल युवा क्लवका अध्यक्ष प्रदिप खनाल, उद्यमशिल सीप विकासका प्रमुख विरविक्रम सुनार लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रम पाल्पा शाखाका शाखा प्रमुख विजय कार्कीको अध्यक्षता, कार्यालय प्रमुख रिता पाण्डको स्वागत, तथा कृष्ण पोखरेलको सञ्चालनमा भएको थियो ।