रमा पन्त
तानसेन, पाल्पा
नभने दाइले आइन बहिनी माइत
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन बैनी माइत !
चाइनाबाट आयो रोग नाम पनि कोरोना
लापरबाही ग¥यो भने पर्छ मरन ।
मानिस्ले नै बनाको भन्छन् कति लरिलै
छोयो भने छोड्दैन रे भन्छन् बरिलै ।
मानिसबाट मानिसमै सर्दो रैछ लरिलै
सरेपछि च्यापी हाल्ने कस्तो बरिलै ।
नभने दाइले आइन बैनी माइत
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन बैनी माइत !
सबको मनमा त्रास फैलाउँदै डुलेको छ कोरोना
हामी सबै मिलेर नै पर्छ हराउन
जो जहाँ छौ सुरक्षित बस्नुपर्ने भएको छ
बाहिर निस्के कोरोनाले झ्याप्पै समाउछ
जताततै हाहाकर कोरोनाले बनाछ
सक्तिकम भएकालाई झ्याप्पै समात्छ
नभने दाइले आइन बैनी माइत
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन बैनी माइत !
नाकमुख आँखाबाट शरीरमा पसेर
दुःख दिने गर्दो रैछ भित्रै बसेर
भिडभाडमा गयो भने सर्दो रैछ कोरोना
त्यसैले त सबै जना घरमै बसौन ।
भेट हुँदा हात मिलाउने गलत काम मजैले
टाढैबाट नमस्कार गरौं सबैले
नभने दाइले आइन बैनी माइत
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन् बहिनी माइत !
घर भित्र बस्नु पर्छ आटो पिठो खाएर
राम्रो नराम्रो जे जस्तो छ त्यस्तै लाएर
हुन्न गरे कतैपनि लखर लखर डुल्नलाई
भिडभाड नगर्नु है कहि भुल्नलाई
नजानु नि कसैकोमा नबोलाउनु कसैलाई
कोरोनाले छुन्न गरे घरै बस्नेलाई
नभने दाइले आइन बैनी माइत
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन बैनी माइत !
दुरी कायम गर्नुपर्ने त्यसैले म आइन
यसपालीको तिजमा मैले गीत गाइन ।
नभन्नु है बहिनी आइन ऐले तिजमा माइत
फैलिएछ महामारी भएन साइत ।
तातो सफा बनाइ खानु हात धुनु छिनका छिन्
बाचे भेट हुम्ला दाजै आउने सालको दिन्।
नभने दाइले आइन बैनी माइत !
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन बैनी माइत !
घरमै बसौ आटो पिठो जे जस्तो छ खाएर
मुखमा मास्क सेनिटाइजर हातमा लाएर
कोरोनाले छुन्न गरे घरमै बस्ने जनलाई
दुःखी होइन खुसी पनि पार्नु मनलाई
बाच्यौ भने अर्को साल रमाउला नाचेर
बाबा ज्युको आगनीमा कम्बर भाचेर
नभने दाइले आइन बैनी माइत !
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन बैनी माइत !
हामी सबै बाच्नु पर्छ सचेत नागरिक बनेर
अरुलाई नि सचेत बनाऊ कम्मर कसेर
सचेत बनी कोरोना भगाम ऐले त लरिलै
बाच्यौ भने अर्को साल आम्ला बरिलै
भिडमा नजाम् भिड नगरम् रोग पनि लाग्दैन
अकालमा दुःख पाइ मर्नु पर्दैन
नभने दाइले आइन बैनी माइत
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन बैनी माइत !
दाजु पनि घर बाहिर लखर लखर नजानु
आटो पिठो जे जस्तो छ घरमै हो खानु
बाबाआमालाई गाह्रो होला ख्याल गर्नुपर्छ है
भाइ बहिनी सानै छन् माया गर्नु है
भाउजु तिमी नजानुनि ऐले तिजमा माइत
जताततै कोरोना छ छैन साइत
नभने दाइले आइन बैनी माइत
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन बहिनी माइत !
रोग लागेर मर्नु भन्दा रोग नलाग्नु राम्रो हो
चाडपर्ब र संस्कृति जोगाऔ बरिलै ।
ऐया बाबै मरे बाबै भन्नु भन्दा पहिले
सतर्कता सबैले अपनाउ बरिलै ।
कर्तव्यको पालन गर्दै अधिकार पाउनलाई
सचेत नागरिक बनेर देखाऊ बरिलै।
दिनका दिन बढेको छ मृत्यु दर नेपालमा
सचेत बन्दै नेपाललाई जोगाउ बरिलै ।
नभने दाइले आइन् बहिनी माइत
ऐलेको तिजमा जुरेन साइत
नभने दाइले आइन बैनी माइत !