Shittalpati
छोरी जन्माउनेलाई पाँच हजार !

रमेश विश्वकर्मा

गुल्मी । जिल्लाको एक गाउँपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता दिने भएको छ । कालीगण्डकी गाउँपालिकाले छोरी जन्मिएको घरलाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा उक्त योजना पास गरेको छ । छोरीको सुनौलो भविष्यका लागि गाउँपालिकाले यस्तो नीति तथा कार्यक्रम लिएको जनाएको छ । गाउँपालिका भित्र अझै पनि छोरा र छोरी बिच विभेद गर्ने प्रवृत्ति रहेकाले त्यसलाई रोक्नका लागि गाउँपालिकाले प्रोत्साहन स्वरुप भत्ता दिन लागेको हो ।

गर्भमा छोरी रहेको थाहा पाएपछि भु्रण हत्या गर्ने क्रम बढेपछि त्यसलाई रोक्न पहिलो पटक यो अभियान चलाइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताए । अध्यक्ष थापाले भने, ‘छोरीलाई हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउन यो अभियान सञ्चालनमा ल्याइएको हो । यो अभियानले समाजमा छोरीप्रतिको दृष्टिकोण केही भएपनि परिवर्तन ल्याउन सकिनेमा आशावादी छौं ।’

 

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update