रमेश विश्वकर्मा
गुल्मी,जिल्लाको इस्मा गाउँपालिकाका पहिरो पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । इस्मा गाउँपालिका समाज जापानले पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिका १ र ४ का ७० घर परिवारलाई समाजले करिव साढे चार लाख सहयोग गरेको छ । पहिरोको कारण मृत्यु, घाइते र विस्थापित भएका परिवारलाई सहयोग गरिएको समाज जापानका सदस्य नारायण खनालले बताए । समाजले तीन वर्गमा राहत वितरणको योजना बनाएको थियो । ‘क’ वर्गमा मृतक र घाइते परिवार, ‘ख’ वर्गमा घर गोठ र चौपाय क्षति भएका परिवार र ‘ग’ वर्गमा अति जोखिममा परेका परिवार रहेका छन् । समाजले चार लाख ३७ हजार तीन सय ९५ रुपैयाँ सहयोग संकलन गरेर पठाएको थियो । इस्मा गाउँपालिकाका ४ मा ‘क’ वर्गका परिवार छैनन् । ‘ख’ वर्गका ६ र ‘ग’ वर्गका १२ जना रहेको समाजको सदस्य संगिता कुवंरले बताईन् । त्यस्तै वडा १ मा ‘क’ वर्गका तीन, ‘ख’ वर्गका १९ र ‘ग’ वर्गका ३० जनाले राहत पाउने छन् । समाजले ‘क’ वर्गलाई १५ हजार, ‘ख’ वर्गलाई सात हजार र ‘ग’ वर्गलाई ३५ सयका दरले नगद सहयोग गरेको बताईएको छ ।
समाज जापानका संयोजक रामचन्द्र कुवंरले आफुहरुको अभियानमा स्वतस्र्फूत सहयोग पुराउने सवैलाई धन्यवाद दिए । अभियानमा ८७ जनाले एक हजारदेखि २० हजारसम्म सहयोग गरेको बताइएको छ । समाजले राहत वितरणको लागि वडा १ मा वडाध्यक्ष चुरा बहादुर खत्री र वडा ४ मा वडाध्यक्ष गनुप्रसाद अधिकारीको संयोजकत्वमा सहयोग हस्तान्तरण समिति निर्माण गरेको थियो । इस्मा गाउँपालिका ४ का पहिरो पीडितलाई गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट र वडा नं १ का पहिरो पीडित परिवारलाई वडाध्यक्ष चुराबहादुर खत्रीले आर्थिक सहयोग प्रदान गरेका थिए । गाउँपालिका अध्यक्ष विष्टले विदेशमा आफ्नो गास कटाएर गाउँको विपद् सहयोग पु¥याउने समाज जापानलाई धन्यवाद दिए । पहिरोबाट विस्थापित परिवारको राहत, सहयोग र पुर्नस्थापनाको विषयमा गम्भीर ढङ्गले अघि बढेकाले धैर्यतामार्फत विपद्को सामना गर्नुको विकल्प नभएको उल्लेख गरे ।