Shittalpati
श्रीमानको स्मृतिमा नेतृ पन्थीद्वारा अक्षकोष स्थापना

पाल्पा । नेपाल महिला संघकी नेतृ तथा जिल्ला उपाध्यक्ष मिना पन्थीले आफना श्रीमानको स्मृतिमा अक्षकोष स्थापना गरेकी छन् । उनले आफ्ना श्रीमान स्वर्गीय राजेन्द्र पन्थीको पुण्य स्मृतिमा तानसेनमा निर्माण हुन लागेको विपि स्मृति पुस्तकालयका लागि ५० हजार अक्षकोष स्थापना गरिदिएकी हुन् । पन्थीले छोरी डा.आकृति र छोरा आकारको पहलमा अक्षकोष स्थापना गरिदिएकी छन् । श्रीमानको जन्म दिनको अवसर पारेर पुस्कालय निर्माणमा अक्षकोष स्थापना गरिदिएको नेतृ पन्थीले बताईन् । उनले भनिन्‘ श्रीमान नयाँ–नयाँ कुराहरुको अध्ययनशिलमा बढी रुची राख्ने भएकाले पनि उहाँकै रुचीलाई आत्मसात गरी पुस्कालयका लागि अक्षयकोष स्थापना गरेकी हुँ ।

नेतृ पन्तीले उक्त अक्षकोष बापतको रकम नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानालाई हस्तान्तरण गरेकी छन् । उक्त रकम ग्रहण गर्दै सभापति रानाले पन्थी परिवारले देखाएको सद्भाव र सहयोग अनुकरणीय र प्रशंसनिय रहेको बताए । सभापति रानाले प्राप्त अक्षकोष बापतको रकम विपि स्मृति पुस्कालय निर्माणमा पारदर्शी ढङ्गले प्रयोग गर्ने विश्वास दिलाएका छन् । स्वर्गीय राजेन्द्र पन्थीको जन्म अर्घाखाँचीको अड्गुरीमा २०२४ असार ३० गते भएको थियो । १७ वर्षसम्म नेपाल बैंकमा सेवा गरेका पन्थीको ३८ वर्षको उमेरमा अल्पायुमै निधन भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update