Shittalpati
तिनाउमा हाम फालेर युवक बेपत्ता

बुटवल, रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११, देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट  विहीबार राती करिब ३५/३६ वर्षीय पुरुष नदीमा हाम फालेर बेपत्ता भएको बुटवल ११ का जनप्रतिनिधि नकुल शाहीले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार हालसम्म उनको नाम, थर र ठेगाना खुलेको छैन । स्थानीयका अनुसार उनी बजार क्षेत्रमा नियमित मदिरा सेवन गर्ने तथा मागेर खाने गरेको बताइएको छ । प्रहरीले स्थानीयको सहयोगमा तिनाउ नदीका सम्भावित स्थानमा खोजी गरे पनि युवक फेला पर्न नसकेको जनाएको छ । नदीमा हामफालेर बेपत्ता भएको सूचना पाएलगत्तै प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । पछिल्लो समय तिनाउ नदीमा पानीको बहाव बढेका कारण खोजी कार्यमा थप कठिनाइ भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी कार्यलाई निरन्तरता दिँदै घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update