Shittalpati
छुट्टाछुट्टै घटनामा  पाँच जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थनमा भएका छुट्टाछुट्टै घटनामा परी पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा दुई जना र तीन जना मृत अवस्थमा भेटिएका हुन् ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ नयाँ बस्तीस्थित सडकमा मोटरसाइकल चालकको मृत्यु भएो छ । बोलबमदेखि रानीबगियातर्फ जाँदै गरेको लु.३६ प ४२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक तिलोत्तमा नगरपालिका–१३ पवनी बस्ने १८ वर्षीय नवराज थारूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।   यस्तै बझाङको सुर्मा गाउँपालिका–२ दोगडीस्थित सडकमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको बोलेरो जीप अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको हो । 

यस्तै काठमाडौंको तारकेश्वर नगरपालिका–५ मुड्खु डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ४५ वर्षीय पाल्देन लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दोलखाको वैतेश्वर गाउँपालिका(१ टुनिबोटे बस्ने ६५ वर्षीय कृष्ण बहादुर विक सोही ठाउँस्थित सडक छेउको कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रौतहटको मौलापुर नगरपालिका–५ स्थित भकुवा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update